माघ २३ मा ओलीले के सरप्राइज देलान्? प्रचण्ड-नेपाल समूहको आरोप: हिन्दुराष्ट्रको घोषणा !

पहिलोपोष्ट

काठमाडाै‌ं

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली 'सरप्राइज' दिन अरु नेताभन्दा अगाडि नै छन्। पार्टी र संविधानकै बेवास्ता गरेरै भएपनि उनले 'सरप्राइज' दिइरहे।

बैशाख ८ मा राजनीतिक दल विभाजन र संवैधानिक परिषद बारे अध्यादेश, मंसिर ३० मा संवैधानिक परिषद् अध्यादेश र पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर ओलीले रजनीतिक वृत्तमा हलचल ल्याए। संविधानमा नै उल्लेख नभएको व्यवस्थालाई टेकेर प्रतिनिधिसभा विघटना गरेको भन्दै ओलीइतर समूह अहिले एकताबद्ध भएको छ। ओलीलाई सरकारबाट हटाउन र प्रतिनिधिसभा विघटन बदर गर्न आन्दोलन गरिरहेको छ। उनीहरुले ओलीले प्रतिगामी कदम चालेको आरोप लगाइरहँदा प्रतिनिधिसभा विघटनलाई ओली समूहले साहसिक निर्णयको रुपमा ब्याख्या गरिरहेको छ।

दिनहुँजसो ओली र प्रचण्ड-माधव समूह गुटगट भेला गरिरहेका छन्। माघ ९ गते प्रचण्ड नेपालले राजधानी ठप्प पारेर आन्दोलन गरेको थियो।ओली निकट नेताहरुले भने प्रधानमन्त्रीले माघ २३ गते सरप्राइज दिने दाबी गरिरहेका छन्। २३ गते ओली समूहले प्रतिनिधिसभा विघटनको पक्षमा जनप्रदर्शन गर्ने तयारी गरिरहेको छ। ओलीले कस्तो सरप्राइज हो भन्नेबारे ओली समूहका नेताहरु मौन छन्। प्रचण्ड-नेपाल समूहले भने ओलीले राजावादीसँग सहकार्य गरिरहेको र हिन्दुराष्ट्र घोषणा गर्ने तयारी गरिरहेको आरोप लगाएका छन्।

प्रकाशित मिति: : 2021-01-31 20:29:00

प्रतिकृया दिनुहोस्