कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा मध्यरात आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ।
मृत्यु हुनेमा ६० वर्षीय गोवद्र्धन राजवंशी रहेका छन्।
आज बिहान १ः५५ बजे अचानक आगलागी हुँदा काठको खम्बा, टिनको बेरा र टिनकै छानो भएको एकतले घर जल्दा घरभित्रै जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उक्त लागिबाट घरका अन्य सदस्यहरु भने भागेर ज्यान जोगाउन सफल भएका छन्। सो आगलागीमा एउटा गाई, दुइटा बाछा र तीन वटा बाख्रासमेत मरेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार आगो प्रहरी, स्थानीयवासी, भद्रपुर, विर्तामोड नगरपालिकाको दमकलक सहायताले नियन्त्रणमा लिएको हो। आगलागीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।