जापानका मिनामिनो लिभरपुलबाट साउथहाम्पटन सरे

तस्वीर: एजेन्सी
तस्वीर: एजेन्सी

जापानी स्ट्राइकर ताकुमी मिनामिनो ऋण सम्झौंतामा लिभरपुलबाट साउथहाम्पटन प्रवेश गरेका छन्।

उनीसँगको ऋण सम्झौंता हालै साउथहाम्पटनले पुरा गरेको छ। सोमबार अन्तिम डेटलाइन सकिन दुई घण्टापूर्व साउथहाम्पटनले सबै प्रक्रिया पुरा गरेको हो। 

उनले क्लबमा सान लङको स्थान ओगट्ने छन्। जो भर्खरै च्याम्पियनसिप टोली बर्नेमाउथमा आवद्ध भएका थिए। 

२६ वर्षीय मिनामिनोलाई लिभरपुलले गत सन् २०२० को जनवरीमा ७ दशमलव २५ मिलियन पाउण्डमा रेडबुल साल्सबर्गबाट भित्र्याएको थियो। तर, एनफिल्डमा उनी राम्रोसँग जम्न सकेनन्। उनले लिभरपुल आएदेखि ४ वटा खेल मात्र खेल्न पाएका छन्। 

साउथहाम्पटनका मेनेजर राल्प हासेनहुटलले मिनामिनो आफ्नो लागि राम्रो आक्रामक विकल्प भएको बताए। उनले भने, ‘यसले हाम्रो आक्रामक क्षमता तिखो बनाउने छ।’

प्रकाशित मिति: : 2021-02-02 08:51:00

प्रतिकृया दिनुहोस्