अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले आफ्नो पहिलो सन्तानको फोटो सोसल मिडियामार्फत सार्वजनिक गरेका छन्। यी चर्चित जोडीको घरमा हालै छोरीले जन्म लिएकी थिइन।
अनुष्काले हातमा लिएको तथा विराट नजिकै बसेको फोटो सार्वजनिक गर्ने क्रममा उनीहरूले छोरीको नाम पनि सार्वजनिक गरेका छन्। दुबैले छोरीको नाम वामिका राखेका छन्। फोटो सेयर गर्ने क्रममा विराटले प्रतिक्रिया जनाएका छन्, ‘मेरो पुरै विश्व एउटा फ्रेममा।’
हिन्दु शब्दाबलीमा वामिकाको अर्थ दुर्गा हुन्छ। संस्कृतको वामा शब्दबाट यसलाई लिइएको हो। यसको अर्थ प्रिय, वैभवशाली र ज्ञानी महिला हुन्छ। ११ जनवरीमा ३२ वर्षीय अनुष्काले मुम्बईको ब्रीच केन्डी अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन।