नेपालमा 'नियन्त्रित अस्थिरता'लाई सघाउने ओलीको रहस्यमय 'रुचि'

नेपाल लाइभ

काठमाडाै‌ं

यतिबेला नेपालको आन्तरिक राजनीति र नेपालमा अन्तर्राष्ट्रिय राजनीति, दुवै कुरा अस्थिर छन्। अनि दुवै शक्तिसंघर्षमा छन्। सरकार आन्तरिक राजनीतिमा रहेका आफ्नो स्वार्थ अनुकुल अन्तर्राष्ट्रिय शक्तिहरुलाई अवसरवादी हिसाबले उपयोग गर्ने काम गरिरहेको छ। अन्तर्राष्ट्रिय शक्तिहरुले पनि नेपालभित्रका राजनीतिक तथा सामाजिक शक्तिहरुलाई आफ्नो स्वार्थ अनुकुल, अवसरवादी ढंगले प्रयोग गर्ने गरेका छन्। 

यो अवस्था अहिले मात्र उत्पन्न भएको होइन, सुगौली सन्धिदेखिकै निरन्तरता हो। नेपालमा राणा शासन हुँदासम्म भारत बेलायतको उपनिवेश थियो। राजनीति उनीहरुकै दबदबामा थियो। उपनिवेशकालीन भारतमा रहेको त्यही 'लिगेसी'लाई स्वतन्त्र भारतले पनि बोक्यो। भारतमा बेलायतकै जस्तो रणनीति कायम रह्यो।

विकसित नयाँ परिस्थिति, नयाँ व्यवस्थाले त्यसलाई निखार्दै त लगे, तर ७० वर्ष नेतृत्व गरेको भारतीय राष्ट्रिय कंग्रेसले छिमेकसहित नेपालको नीतिलाई ‘नियन्त्रित अस्थिरता’को परिधिभित्र राख्यो। नेपालभित्र व्यवस्थाका रुपमा पनि, शासकीय रुपमा पनि दिल्लीले नियमित अस्थिरता कायम गर्ने, अस्थिरता सिर्जना गर्ने काम गरिरह्यो। शासकीय अस्थिरताभित्र पनि ऊ विभिन्न ढंगले खेल्न थाल्यो।

प्रकाशित मिति: : 2021-02-03 20:23:00

प्रतिकृया दिनुहोस्