जनसभाबाट ओलीले दिन खोजेका तीन सन्देश

हिमाल खबर

काठमाडौं

नारायणहिटी दरबार संग्रहालयअगाडि जनसभाको आयोजना गरेर प्रधानमन्त्री एवं नेकपा (ओली) समूहका अध्यक्ष केपी शर्मा ओलीले यी तीन सन्देश दिन खोजेका छन्।

नेकपा (ओली) समूहले शुक्रबार काठमाडौँमा बृहत् प्रदर्शन गरेको छ। नारायणहिटी संग्रहालयअगाडि मञ्च निर्माण गरेर आमसभा आयोजना गर्ने घोषणा गरेदेखि नै ओली समूहको सभालाई विभिन्न पक्षबाट चासोका साथ हेरिएको थियो।

कतिसम्म भने सभा गर्न नारायणहिटी अगाडिको ठाउँ छनोट गर्नुलाई राजतन्त्र र हिन्दू धर्मसँग जोडेर विश्लेषण गरिएका थिए। र, ओलीले आजको सभा मार्फत हिन्दूराष्ट्र र राजतन्त्रका विषयमा केही घोषणा गर्न सक्ने पूर्वानुमान समेत गरिएको थियो।

ओलीले सम्बोधनका क्रममा हिन्दूराष्ट्र र राजसंस्थाबारे केही नबोली भ्रम छर्नेका कुरा नपत्याउन आग्रह गरे।

नेकपाको विभाजनपछि आधिकारिकताको विषयमा विवाद भएपछि त्यसलाई चिर्न र शक्ति देखाएर आफू नै आधिकारिक भएको सन्देश दिन शुक्रबारको आमसभा आयोजना गरिएको पार्टी अध्यक्ष ओलीको अभिव्यक्तिबाट स्पष्ट हुन्छ। सम्बोधनका क्रममा ओलीले मूल पार्टी आफूहरुकै भएको दाबी दोहोर्‍याए। “मूल पार्टी यही हो। आजको यो उपस्थिति देखेपछि देशकै मूल पार्टी कुन हो भन्ने थाहा पाउनुपरेन। यति धेरै उपस्थिति भएपछि कुन पार्टी मूल हो भन्ने कुरा अब पनि सोधिराख्नुर्छ र ?”

नेकपा केन्द्रीय कमिटीका ४४१ सदस्यमध्ये बहुमत पक्ष आफूसँग भएको दाहाल–नेपाल समूहले दाबी गरेको छ। त्यसका आधारमा उनीहरुले आधिकारिक पार्टीको दाबी गर्दा ओली समूह दबाबमा छ।

प्रकाशित मिति: : 2021-02-06 07:09:00

प्रतिकृया दिनुहोस्