युरिक एसिड किन हुन्छ, कसरी गर्ने उपचार?

सेतोपाटी

काठमाडाै‌ं

युरिक एसिड भनेको हाम्रो शरीरमा खानाबाट आउने प्युरिन ब्रेकडाउन हुँदै गएपछि बन्ने प्रोडक्ट हो। युरिक एसिड सामान्यत: रगतमा घुलेर बसेको हुन्छ। त्यो युरिक एसिड सामान्यभन्दा बढी भयो भने त्यसले शरीरलाई हानी पुर्‍याउने र विभिन्न समस्या दिने हुन्छ। युरिक एसिड बढी भयो भने जोर्नीमा समस्या दिने खुट्टाको बुढी औंलामा असर गर्ने हुन्छ। धेरैजसो युरिक एसिडले खुट्टाको बुढी औंलामा असर गर्छ। 

बुढी औंलामा गएर क्रिस्टल बन्ने र त्यसले एकदमै दुखाइ हुने हुन्छ। यो क्रम बढ्दै जान्छ। कसैलाई महिनामा एक पटक कसैलाई हप्तामा एक पटक धेरै पीडा हुन्छ।

धेरैजसो बिरामीलाई रगतमा युरिक एसिडको तह बढे पनि लक्षण नआउने देखिएको छ। सबैभन्दा पहिला युरिक एसिडको पहिचान गर्नु पर्ने हुन्छ। जहाँ दुखे पनि युरिक एसिड, मांसपेशी दुखे पनि युरिक एसिड, हातको जोर्नी दुखे पनि युरिक एसिड, घुडा दुखे पनि युरिक एसिड भन्ने चलन छ।

यसको उपचार गराउनुभन्दा पहिला युरिक एसिडले गराउने बाथ गाउड हो की होइन छुट्टाउन जरूरी छ। त्यो छुट्टिएपछि युरिक एसिडको उपचार कसरी गर्ने भन्ने छुट्टयाउन सकिन्छ। युरिक एसिडबाट जोगिन सबैभन्दा पहिला पहिला तौल घटाउन पर्छ भने व्यायाम गर्नुपर्छ अनि पानीको मात्रा बढाउन पर्छ।

प्रकाशित मिति: : 2021-02-06 09:45:00

प्रतिकृया दिनुहोस्