नबोल्ने काँग्रेसको कुरा : दुई डुङ्गाको यात्रा गराउने 'माझी' देउवाले पार लगाउँछन् कि डुबाउँछन्?

पहिलोपोष्ट

काठमाडाै‌ं

राजनीतिक अन्यौलताले निकास पाउने लक्षण अझै देखिएको छैन। हरेक दिन सर्वोच्च अदालतको संवैधानिक इजलासमा ओलीको कदमको पक्ष र विपक्षमा बहस जारी छ। त्यो बहस रामशाहपथमा मात्र होइन, टोलटोलमा जारी छ। चियापसलदेखि सेयर बजारसम्म राजनीतिले कुन मोड लिन्छ भन्ने चासो छरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्तामा पनि छ। सडकमा पनि उही छ। हरेक दिन सत्ताधारी नेकपा र आन्दोलनरत नेकपाको प्रदर्शन चलिरहेको छ। आरोप प्रत्यारोपका बिष बमन जारी छ। सामाजिक संजालमा 'साइबर सैनिक' हरु सक्रिय छन्, झुटा संदेश फैलाउनु तिनीहरुको कर्म बनेको छ। जनता भने दिनदिनैको प्रदर्शन र नेताको व्यवहारबाट दिक्क छन्।

नेकपाको ओली र पुष्पकमल दाहाल प्रचण्ड - माधवकुमार नेपाल पक्षबिचको आन्तरिक कलहका कारण देश फेरि अस्थिरताउन्मुख हुँदा बेफिक्री देखिएको छ प्रमुख प्रतिपक्षी दल नेपाल काँग्रेस। मुलुकको संविधान धरापमा रहँदा सबैभन्दा 'कम्फर्ट जोन'मा रहेकोमा मख्ख छन् पार्टी सभापति शेरबहादुर देउवा। प्रतिनिधिसभा विघटनको विषयलाई लिएर उनको कुनै अडान छैन। प्रतिनिधिसभा विघटनलाई 'असंवैधानिक' पनि भन्छन् अनि त्यही संसद भंग गरेर ओली सरकारले घोषणा गरेको निर्वाचनको तयारी गर्नुपर्ने पनि बताउँछन्। प्रजातान्त्रिक पार्टी हो नि! यति त भन्नै पर्‍यो होला सायद। काँग्रेसको यो कम्फोर्ट जोन हो या दोकलापन त्यो समयले निर्धारण गर्ला।

प्रकाशित मिति: : 2021-02-06 16:58:00

प्रतिकृया दिनुहोस्