ओलीको गृह जिल्लामा पत्रकारले विरोध प्रदर्शन गर्ने

प्रतिगमनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा पत्रकारले प्रदर्शन गर्ने भएका छन्।

नेपाल प्रेस युनियन र प्रेस संगठन झापा शाखाको संयुक्त आयोजनामा माघ २७ गते मंगलबार बिहान ११ बजे झापाको बिर्तामोडमा प्रदर्शन गरिने भएको हो।

दुई संगठनको शुक्रबार बिर्तामोडमा भएको संयुक्त छलफलले प्रदर्शन गर्ने निर्णय गरेको हो ।

ओली नेतृत्वको सरकारले गत पुष ५ गते गरेको संसद विघटन असंवैधानिक रहेको ठहर गर्दै सञ्चारकर्मीहरुले प्रदर्शन गर्न लागेका हुन्। ओलीको उक्त कदम असंवैधानिक भएको भन्दै नेपाल पत्रकार महासंघले पुष ५ गते नै विज्ञप्ति जारी गर्दै विरोध जनाइसकेको छ।

त्यस्तै नेपाल प्रेस युनियनको गत माघ २१ गते बर्दियामा सम्पन्न केन्द्रीय समितिको बैठकले जनप्रतिनिधिले बनाएको संविधान र पटक पटकको अन्दोलनबाट प्राप्त उपलब्धीलाई धुलिसात गर्ने षडयन्त्र भएको ठहर गरेको छ ।

प्रकाशित मिति: : 2021-02-06 18:36:00

प्रतिकृया दिनुहोस्