नेकपा प्रचण्ड समूहको विद्यार्थी संगठन बालुवाटार घेराउ गर्दै

बिएल संवाददाता

काठमाडाै‌ं

विभाजित नेकपा प्रचण्डको विद्यार्थी संगठन अनेरास्ववियूले आइतबार बालुवाटार घेराउ गर्ने भएको छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध रुपमा आन्दोलन गर्दै आईरहेको अनेरास्ववियूले तेस्रो चरणको कार्यक्रम बालुवाटार घेराउ गर्न लागेको विद्यार्थी नेताहरुले बताएका छन्।

दिउँसो २ बजे बालुवाटार घेराउ गर्ने कार्यक्रम तय भएको प्रचण्ड समूह अनेरास्ववियू नेता रन्जित तामाङले जनाएका छन्। उनका अनुसार प्रधानमन्त्री ओलीलाई विरोध पत्र बुझाउने कार्यक्रम पनि रहेको छ।

प्रकाशित मिति: : 2021-02-07 12:04:00

प्रतिकृया दिनुहोस्