पाँच हजार बोकेर भारत आएकी नोरा अहिले ‘टप–डान्सर’

File Photo
File Photo

डान्सरबाट अभिनेत्री बनेकी नोरा फतेह शनिबार २९ वर्षमा प्रवेश गरेकी छिन्। उनी मुलत मोरक्को र क्यानडामा बस्ने गर्थिन। २०१४ मा रिलिज ‘रोरः टाइगर्स अफ द सुन्दरबन्स’ मार्फत बलिउडमा डेब्यु गरेकी थिइन। यसपछि उनले हिन्दी र दक्षिण भारतीय फिल्म स्पेसल अपियरेन्स दि, जसमा ‘बाहुबलीः द बिगनिङ’ पनि समावेश छ। 

फिल्मको आइटम नम्बर ‘मनोहारी’ मा उनी देखा परेकी थिइन। यद्यपि नोराको पहिचान रियालिटी सो ‘बिग बोस–९’ बाट चुलिएको थियो। हाल उनी बलिउडकी उत्कृष्ट डान्सरमा पर्छिन। 

नोरा क्यानडाबाट भारत आउँदा उनीसँग ५ हजार रुपैयाँ मात्र थियो। उनले एउटा अन्तर्वार्तामा यसको खुलासा गरेकी थिइन। भारतमा पहिलो पल्ट काम गर्दा उनले साताको ३ हजार रुपैयाँ पारिश्रमिक लिने गर्थिन। 

उनी सत्यमेव जयतेमा ‘दिलबर दिलबर’, स्त्रीमा ‘कमरिया’ तथा बाटला हाउसमा ‘ओ साकी साकी’ गीतमा डान्स गरेकी थिइन।

प्रकाशित मिति: : 2021-02-07 17:48:00

प्रतिकृया दिनुहोस्