इंग्ल्याण्डविरूद्ध भारतलाई ‘फलोअन’ रोक्न १ सय २२ रन आवश्यक

Photo - Hotstar
Photo - Hotstar

भारत र इंग्ल्याण्डबीच पहिलो टेस्टमा घरेलु टोली समस्यामा देखिएको छ।

आइतबार तेस्रो दिनको खेलमा भारतले ६ विकेट गुमाएर २ सय ५७ रन बनाएको छ। यसअघि इंग्ल्याण्डले ५ सय ७८ रन बनाएको थियो। भारत अझै पनि फलोअन टार्न १ सय २२ रनले पछाडि छ। तेस्रो दिन वासिङ्टन सुन्दर ३३ रन तथा रविचन्द्रन अश्विन ८ रन बनाएर नटआउट छन्। 

टिम इन्डियाको सुरुवात खराब रहयो। ४४ रनमै भारतले दुईवटै प्रारम्भिक ब्याट्सम्यानलाई गुमाइसकेको थियो। रोहित शर्मा ६ रन बनाएर आउट भए। शुभमन गिल पनि २९ रनमा आउट भए। कप्तान विराट कोहली ११ र उपकप्तान अजिङ्क्य राहणे १ रनमा आउट भए।

बीचमा तेजेश्वर पुजारा र ऋषभ पन्तले मिलेर १ सय ४५ बलमा १ सय १९ रनको साझेदारी गरेका थिए। पुजारा ७३ रनमा आउट भए। पुजाराको २९ औं अर्धसतक थियो। पन्तले ९१ रन बनाए।

उनी भारतमा खेलिएको तीन वटा इनिङमा तीनै पल्ट अर्थसतक बनाउने ब्याट्सम्यान बनेका छन्। उनले यसअघि ९२, ९२ रन बनाएका थिए। उनको करिअरको पाँचौ अर्थसतक हो।

प्रकाशित मिति: : 2021-02-07 18:02:00

प्रतिकृया दिनुहोस्