दक्षिण भारतीय अभिनेता सूर्या कोरोना संक्रमित

Photo - Dnaindia
Photo - Dnaindia

दक्षिण भारतीय अभिनेता सूर्या शिवकुमार कोरोना संक्रमित भएका छन्। सूर्याले आफू संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

कोरोना भाइरसविरुद्व खोप बजारमा आए पनि संक्रमित हुने क्रम जारी छ। अभिनेता सूर्यालाई उनका लाखौं प्रसंसकले स्वास्थ्य लाभको कामना गरिरहेका छन्। 

अभिनेता सूयाले अस्पतालमा कोरोना संक्रमणविरुद्व लडिरहेको बताएका छन्। उनले ट्वीटरमा लेखेका छन्, 'म कोरोना भाइरसबाट पिडित भएको छु। मेरो उपचार जारी छ। हामी सबैले महसुस गरिरहेका छौ कि जीवन सामान्य छैन।'

प्रकाशित मिति: : 2021-02-08 16:24:00

प्रतिकृया दिनुहोस्