म्यान्मारको नागरिक आन्दोलनमा गोली चल्यो, दुई प्रदर्शनकारी गम्भीर घाइते  (भिडियाे)

म्यान्मारमा सैन्य ‘कू’ विरुद्व जारी नागरिक आन्दोलन हिंसात्मक बन्दै गएको छ। फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सु कीलाई गिरफ्तार गरेपछि सडकमा सेनाविरुद्व जनआक्रोस बढेको छ।

राजधानी नेपिटो मुख्य सहर रंगुन, माण्डलेलगायतका सडकमा दशौँ हजार म्यान्माली आन्दोलित बनेका छन्। उनीहरूले सु कीको तत्काल रिहाईको माग गर्दै सैन्य तानाशाहको विरोध गरेका छन्। 

सेनाले भने सरकारी निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रदर्शनकारी माथि बल प्रयोग गर्न थालेको छ। राजधानी नेपिटोमा मंगलबार भएको प्रदर्शनमा प्रहरीले रबरको गोली र पानीको फोहोरा प्रहार गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार एजेन्सीले बताएका छन्। 

एएफपीका अनुसार प्रहरीले नेपिटोमा रबरको गोली चलाउँदा दुई प्रदर्शनकारी गम्भीर घाइते भएका छन्। उनीहरूको अवस्था गम्भीर बताइएको छ।



म्यान्मार सैन्य ‘कू’: सबै नेपालीभाषीलाई विरोध गर्न आग्रह

सैन्य ‘कू’ बारे म्यान्मारबाट ‘बिएल भिडियो ब्रिफिङ’

कालो बादलले घेरेको माघ–१९ को त्यो बिहानी

म्यान्मारको सैन्य 'कू'विरुद्व हजारौं मानिस सडकमा



'संकटकालपछि निर्वाचन गराएर विजयी पार्टीलाई सत्ता हस्तान्तरण गरिन्छ'

म्यान्मार सैन्य प्रमुख जर्नेल मिन आङ हलाइङले देशकाे पछिल्लो राजनीति कदम संविधान अनुसार भएको बताएका छन्। 

एमआरटीभीच्यानलमार्फत् प्रमुख जर्नेल मिन आङ हलाइङले गत नाेभेम्बरकाे निर्वाचनमा भएको त्रुटि औंल्याएका छन्। 'चुनावमा धाँधली भएको छ। हामीले अन्तिम समयसम्म कानून बमोजिम समाधान चाहेका थियौँ, उनले भने 'सरकारले सुन्ने चेस्टा नै गरेन। जनताको गुनासो नसुनेपछि संविधानलाई टेकेर याे निर्णय लिएका हाैं।'

गत साता नागरिक सरकारलाई हटाएर सेनाले सत्ता हातमा लिएपछि म्यान्मारमा देशव्यापी सडक हड्ताल जारी छ। सैन्य 'कू'विरुद्व दशौँ हजार मानिसहरू प्रदर्शनमा उत्रिएका छन्।

लामाे समयकाे संर्घषपछि 'सैन्य शासन'बाट मुक्त भएको म्यान्मारमा पुनः प्रजातन्त्रमाथि सैन्य 'कू' भएको आन्दोलनकारीहरूले बताएका छन्। उनीहरू सेनाविरुद्व आक्राेषित र आन्दाेलित समेत बनेका छन्। राजधानी नेपिटाे, मुख्य सहरहरू रंगुन, माण्डलेलगायतका स्थानमा सेना कदमकाे विरोधमा तीब्र भइरहेको छ। 

विराेधका स्वरहरू बढ्न थालेपछि सैन्य प्रमुख जर्नेल मिन आङ हलाइङले पहिलोपल्ट साेमबार म्यान्माली जनतालाई सम्बोधन गरेका छन्। यसक्रममा उनले नयाँ निर्वाचन आयोग गठन गर्ने र संकटकालपछि पुनःनिर्वाचन गराउने बताए। उनले भने, 'चुनावपछि विजयी पार्टीलाई सत्ता हस्तान्तरण गरिनेछ।'

सैन्य प्रमुख जर्नेलका अनुसार विश्वव्यापी महामारी कोरोना भाइरस रोकथामका लागि सरकारले महत्त्वपूर्ण कार्यतालिका तय गर्नेछ। म्यान्मारमा नागरिक सरकारले देशमा लगानी गर्न सहमति जनाएको विदेशी लगानी जारी राख्ने समेत जानकारी दिए। 

देशमा जारी प्रदर्शनलाई लक्षित गर्दै सैन्य प्रमुख जर्नेलले प्रजातन्त्रकाे नाममा उग्रता नदेखाउन आग्रह गरेका छन्। धार्मिक स्थल र स्कूलहरू छिट्टै नै खोलिने उनले जनाए। 

प्रजातन्त्रजादी नेत्री आङ सान सु कि लगायतकाे गिरफ्तारीविरुद्धकाे आन्दोलन हिंसात्मक बन्ने देखेपछि सैन्य सरकारले रातिको समय कफ्र्यु समेत जारी गर्ने गरेको छ।

प्रकाशित मिति: : 2021-02-09 15:37:00

प्रतिकृया दिनुहोस्