म्यान्मारको सैन्य 'कू'विरुद्व हजारौं मानिस सडकमा [ फोटो फिचर ]

Photo - RFA Burmese
Photo - RFA Burmese

म्यान्मारको सैन्य 'कू'विरुद्व हजारौं मानिसहरू सडक प्रदर्शनमा उत्रिएका छन्।

गत सोमबारदेखि सेनाले प्रजातन्त्रवादी नेतारूलाई कब्जामा लिएर स्वघोषित सैन्य सरकार बनाएपछि मानिसहरू आन्दोलित बनेका हुन्। 

प्रजातन्त्र समर्थक म्यान्माली जनताले आङ सान सु कीलगायत नेतालाई सैन्य हिरासतबाट तत्काल रिहा गर्न माग गरेका छन्। 

उनीहरूले शनिबारदेखि शान्तिपूर्ण रुपमा सडक प्रदर्शन सुरु गरेको बर्मेली संचारमाध्यम आरएफए बर्मिजले बताएको छ। देशका मुख्य शहरहरुमा आन्दोलनकारीहरुको भीड बढ्दै गएपछि बाक्लो गरी ठाउँठाउँमा सुरक्षाकर्मीहरु देखिएका थिए।

आन्दोलनको दोस्रो दिनपनि आर्थिक राजधानी रंगूनमा जारी छ। सडक प्रदर्शनमा हजारौं मानिसहरु देखिएका छन्। उनीहरू प्रजातन्त्रको माग गरिरहेका छन्।

फेसबुकलगायत सामाजिक सञ्जाल प्रतिबन्ध

स्वघोषित सैन्य सरकारले म्यान्मारमा जारी तनावको स्थितका बीच सामाजिक सञ्जाल फेसबुक, वाट्सएप, मेसेन्जर र इन्स्टाग्राममा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ। 

विदेशी न्युज संस्था रोयटर्सले पनि यसको पुष्टी गर्दै म्यान्मारको यातायात तथा सूचना मन्त्रालयले फेब्रुअरी ७ सम्मका लागि अनिश्चितकालीन प्रतिबन्ध लगाएको बताएका छन्। 

सेनाले १ फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ सु कीलगायत उनको पार्टीका अधिकांश नेतालाई नजरबन्द र पक्राउ गर्दै संकटकाल घोषणा गरेको थियो।

सेनाले गत नोभेम्बरमा भएको आमनिर्वाचनमा धाँधली भएको भन्दै आफूले यो कदम उठाउनु परेको बताएको थियो। सेनाको यो कार्यको सामाजिक सञ्जालमा विश्वव्यापी विरोध भएपछि अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो।

म्यान्मारको राजनीतिक संकटपछि नेपालीभाषीहरुको अवस्था कस्तो छ ?

प्रकाशित मिति: : 2021-02-07 11:54:00

प्रतिकृया दिनुहोस्