श्रीमतीको हत्या गरेको अभियोगमा परियार पक्राउ  

Photo - DNA India
Photo - DNA India

पर्वतमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्।

जलजला गाउँपालिका-४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारले ३४ वर्षीया श्रीमती सन्तु जलारीको हत्या गरेको अभियोगमा मंगलबार दिउँसो परियारलाई प्रहरीले पक्राउ गरेको हो।

रामबहादुर आफैँले सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा घरायसी झगडाको कारण श्रीमतीको हत्या गरेको भनी प्रहरी चौकी वारिबेनीमा जानकारी गरापछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित मिति: : 2021-02-10 14:09:00

प्रतिकृया दिनुहोस्