युरोपकै बृद्ध महिला कोरोना संक्रमणबाट मुक्त

Photo - AFP
Photo - AFP

आफ्नो १ सय १७ औं जन्मदिनभन्दा एक दिनअघि युरोपकी सबैभन्दा बृद्ध महिला फ्रेञ्ज नन्ले कोरोनालाई जितेकी छिन्। 

लुसिल रान्डोन, जो १९४४ मा सिस्टर आन्द्रे बनेकी थिइन, उनलाई १६ फेब्रुअरीमा कोरोना संक्रमण भएको थियो। 

उनी विगत केही सातादेखि टुलोनमा रहेको घरमा आइसोलेसनमा बसेकी थिइन। दक्षिणी फ्रान्समा रहेको उनको घरमा विश्राम गरिरहेकी सिस्टर आन्द्रेले भनिन्, ‘मलाई संक्रमण भएको अनुभव भएको छैन।’

उनी आँखा देख्दिनन्। विलचेयरको सहयोगले हिँड्डुल गर्ने सिस्टर आन्द्रेले गत बिहीबार जन्मदिन मनाएकी थिइन। उनको जन्म ११ फेब्रुअरी १९०४ मा भएको थियो। उनी विश्वमा जिवित दोस्रो बृद्ध नागरिक हुन्।

प्रकाशित मिति: : 2021-02-10 15:18:00

प्रतिकृया दिनुहोस्