केरल उच्च अदालतले अभिनेत्री सनी लियोनीलाई पक्राउ गर्ने क्राइम ब्रान्चको निर्णय कार्यन्वयन नगर्ने आदेश दिएको छ।
उनीमाथि २९ लाख रुपैयाँ लिएर नफर्काएको आरोप थियो। एउटा इभेन्ट मेनेजमेन्ट कम्पनीले सनीमाथि मुद्धा दायर गरेका थिए।
सन् २०१९ मा भेलेन्टाइन डेको दिन पैसा लिएर प्रस्तुति नदिएको आरोप मेनेजमेन्ट कम्पनीको थियो।
उनी र श्रीमान डेनियलमाथि आरोप थियो। कोच्चिको क्राइम ब्रान्चले ३ फेब्रुअरीमा सनीलाई तिरुअनन्तपुरममा सोधपुछका लागि बोलाएको थियो।
उनीविरूद्ध ४०६ र ४२० को धाराअन्तर्गत मुद्धा दायर गरिएको थियो। सनीविरूद्ध मेनेजमेन्ट कम्पनीले दुई करोड माग गरेको थियो।