रामकुमारी झाँक्रीलाई प्रहरीले दियो पक्राउ पुर्जी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पुर्जी दिइएको छ।

बिहीबार झाँक्रीको निवास शंखमुलमा पुगेर प्रहरीले राज्यविरूद्धको कसुर गरेको भन्दै प्रहरीले पक्राउ पुर्जी थमाएको हो।

महानगरीय अपराध महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाएको हो।

प्रकाशित मिति: : 2021-02-11 12:33:00

प्रतिकृया दिनुहोस्