सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द हुँदैन : गगन थापा

Photo - Gagan Thapa facebook
Photo - Gagan Thapa facebook

नेपाली कांग्रेसका नेता गगन थापाले कर्तव्य निर्वाह गर्न छोडेर असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्नेमाथि प्रश्न गर्नेलाई सरकारले झ्यालखानामा राखेर तर्साउन खोजेको बताएका छन्।

नेकपा प्रचण्डकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि ट्वीटमार्फत सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द नहुने भन्दै थापाले सरकारलाई झ्यालखानाको संख्या थप्न भनेका छन्।

थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप, किनकि सत्य को पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’

प्रकाशित मिति: : 2021-02-11 13:45:00

प्रतिकृया दिनुहोस्