जो जीवित देवता बनेर हिँडिरहेका छन् ...

पहिलोपोष्ट

काठमाडौं

सेतो लामो जामा। टाउकोमा ढाका टोपी। खाली खुट्टा। शरीरमा बाधिँएको छ खिँ बाजा। ५५ वर्षीय दयाराम वनमाला यही रुपमा वर्षको ८ महिना व्यस्त हुन्छन् नवदूर्गा नाचका लागि।

करिब ७ वर्षको उमेर देखि नवदूर्गा नाचमा संलग्न हुँदै आएका दयाराम अहिले देवगणका गुरु बनिसके। जीवनी भने फेरिएको छैन। वर्षको ८ महिना नवदूर्गा नाचमै व्यस्त त हुनै पर्‍यो ३ महिना नयाँ पुस्ताका देवगणलाई नाच सिकाउन जान्छ। वर्षमा १ महिना भने फुर्सद।  

कक्षा ४ मा अध्ययन गर्दागर्दै देवता बनेपछि महिनौं बाहिर रहनुपर्ने बाध्यता। विद्यालयबाट टाढा रहँदा पढाइ नि छुट्यो। त्यसयता निरन्तर नवदुर्गा नाचलाई नै जीवन समर्पित गरिरहेका छन् उनले।

भक्तपुर इनाचोका दयाराम विगतबारे सुनाउँछन्,'देवताको काम भयो। परीक्षा हुँदा नाच हुने। धेरै ठाउँमा जानुपर्ने हुँदा परीक्षा छुट्यो। ४ कक्षा सम्म पढ्यो। त्यसपछि स्कूल छुट्यो। देवताको काम गर्नैपर्‍यो।'

प्रकाशित मिति: : 2021-02-12 10:45:00

प्रतिकृया दिनुहोस्