फिल्म ‘कृष्ण लीला’ को गीत सार्वजनिक (भिडियो)

बिएल संवाददाता

काठमाडाै‌ं

फिल्म ‘कृष्ण लीला’ को पहिलो गीत ‘कुनै दिन’ सार्वजनिक भएको छ। 

पुष्प खड्का र श्रद्धा क्षेत्रीको अभिनय रहेको उक्त गीत शुक्रबार सार्वजनिक भएको हो। 

सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको सो गीतमा र्जुन पोखरेलले संगीत भरेका छन् भने पुरुषोत्तम ढुंगेल र नारायण सापकोटाको शब्द रहेको छ। 

दीपक ओलीको निर्देशन रहेको ‘कृष्ण लीला’ मा पुष्प र श्रद्धाकाका साथै बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको अभिनय रहेको छ।

 शिव ढकालले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ। फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन्। 
 
 

प्रकाशित मिति: : 2021-02-12 15:25:00

प्रतिकृया दिनुहोस्