भारतविरूद्धको दोस्रो टेस्टमा ब्रोड र मोइन अलीलाई स्थान

photo : AP
photo : AP

भारतविरूद्ध शनिबारदेखि सुरु हुने दोस्रो टेस्टका लागि इंग्ल्याण्डले तीब्र बलर जेम्स एन्डर्सन र डम बेसलाई विश्राम दिँदै स्टुअर्ट ब्रोड र मोइन अलीलाई स्थान दिएको छ। 

चार टेस्टको शृंखला खेल्न भारत आएको इंग्ल्याण्डले यसअघि पहिलो टेस्ट जितिसकेको छ। चेन्नईमा भएको पहिलो टेस्टमा एन्डर्सनले पाँच विकेट लिएका थिए।

एन्डर्सनलाई तेस्रो टेस्टका लागि विश्राम दिएको बताइएको छ। तेस्रो टेस्ट डे–नाइट छ। डे–नाइट खेलमा बढी स्विङ हुन्छ भनेर एन्डर्सनलाई विश्राम दिइएको हो। 

बेसले पनि पहिलो टेस्टमा पाँच विकेट लिएका थिए। तर, मोइन अली फिट भएका कारण उनलाई बाहिर राखिएको हो। मोइन राम्रो ब्याटिङ गर्ने कारण पनि उनलाई टिममा स्थान दिइएको हो। श्रीलंकाविरूद्ध टेस्टमा कोरोना संक्रमण भएपछि उनलाई टिमबाट बाहिर राखिएको थियो।

प्रकाशित मिति: : 2021-02-13 08:10:00

प्रतिकृया दिनुहोस्