'गर्लफ्रेन्ड'को औंठी चोरेर अर्कीलाई पर्पोज्, फ्लोरिडाका पुरुष प्रहरीको 'वान्टेड' मा

पहिलोपोष्ट

काठमाडाै‌ं

उनी अहिले दुबै जना गर्लफ्रेन्डबाट चोरीको अभियोग खेपिरहेका छन्। र, प्रहरीबाट भागिरहेका छन्।

अमेरिकाको फ्लोरिडाका ती पुरुषले सामाजिक सञ्जालमार्फत दुई युवतीसँग फरकफरक नाममा प्रेस सम्बन्ध अघि बढाएको यसै साता खुलेको हो। ती दुबै युवतीले आफूहरुलाई जोसेफ डेभिस नामक व्यक्तिले ठगेको आरोप लगाएका छन्। ४८ वर्षे ती पुरुषले डेटिङ एप ओकेक्युपिड मा दुई फरक फरक आइडी बनाएको भेटिएको छ। एक जोय ब्राउन र अर्को मर्कुस् ब्राउन।

सन् १०१५ र सन् २०१६ मा उनले यी आइडी बनाएको फ्लोरिडास्थित भोलुसिया काउन्टी सेरिफ अफिसले जनाएको छ। हाल डेभिसलाई यो अफिसले 'वान्टेड'मा राखेको छ र उनी पत्ता लगाउनेलाई नगद पुरस्कार प्रदान गर्नेसमेत जनाएको छ।

दुई मध्ये एक युवतीले डेभिसले केही वर्षअघि नै एक महिलासँग इन्गेज्मेन्ट गरेको गत महिना पत्ता लगाएको जनाएकी छिन्। अरेन्ज सिटीकी युवतीले एक फेसबुक पेजमा यस्तो फोटो देखेको र तिनले लगाएको गहनामा पनि शंका लागेको बताइन्।

प्रकाशित मिति: : 2021-02-13 11:16:00

प्रतिकृया दिनुहोस्