बालेनको अबको ‘लेन’!
मन्दिरा अधिकारी
पछिल्ला केही सातादेखि दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको छ। खाद्यान्नदेखि लिएर पेट्रोलियम पदार्थमा समेत अस्वभाविक मूल्यवृद्धि हुँदा सर्वसाधारण मर्कामा परेका छन्। अहिलेको मूल्यवृद्धि डलरको भाउ बढ्नु र रूस–युक्रेन संकट मुख्य कारण भएको धेरैकाे बुझाई छ।
अन्तर्राष्ट्रिय बजारमै केही सामानको मूल्य बढे पनि सबै सामानको मूल्यवृद्धि भने भएको छैन। तर, व्यापारी भने रूस–युक्रेन युद्ध र पेट्रोलियम पदार्थकोमूल्य बढेको बहाना बनाएर सर्वसाधारणलाई ठगी रहेका छन्।
ती कारणले उपभोग्य सामानको मूल्य सामान्य वृद्धि भएपनि अस्वाभाविक मूल्यवृद्धि नभएको सरकार बताउँछ। तर, बजार भाउ भने छोइनसक्नु भएको छ। राष्ट्र बैंकले केही दिनअघि मात्रै सार्वजनिक गरेको तथ्यांक अनुसार केही उपभोग्य सामान ५० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको छ।
अन्य वस्तुमा जस्तै खाने तेलमा पनि अचाक्ली मूल्यवृद्धि भएको छ। विशेषत अन्तर्राष्ट्रिय मूल्यअनुसार थोरै मात्रामा मूल्यवृद्धि भएको तेलमा व्यापारीले भने १०० प्रतिशतभन्दा बढी मूल्य बढाएर सामान बेचिरहेको पाइएको छ। तर, पनि सरकार मौन बसेकाे छ। जसका कारण सर्वसाधारण ठूलो मारमा परेका छन्।
अन्तर्राष्ट्रियस्तरमै खाने तेलकाे मूल्य बढेको छ। तर, नेपालामा भने त्यसैलाई बहाना बनाएर अस्वाभाविक मूल्यवृद्धि गरेको पाइएको छ।
हाल सूर्यमुखी तेलको मूल्य प्रतिलिटर ३६० रूपैयाँ रहेको छ। त्यस्तै एक कार्टुनको ३ हजार ७ सय ५० पर्छ। २ सय ७० रूपैयाँ पर्ने भटमासको तेल कार्टुनको २ हजार ८ सय पर्छ। त्यसैगरी ताेरीको तेलकाे मूल्य प्रतिलिटर ४२५ पर्दा कार्टुनको ४ हजार २ सय ५० रूपैयाँ पर्छ। जुन विगतको भन्दा ५० प्रतिशत बढी मूल्य बढेको हो।
विगत २५ वर्षदेखि काठमाडौं खाद्यान्न पसल सञ्चालन गर्दै आएकी अप्सरा अधिकारी पनि तेलको मूल्यमा केही प्रतिशत वृद्धि भएको स्वीकार गर्छिन्।
‘दुई हप्तादेखि खाने तेलमा केही मात्रामा मूल्य बढेको हो। जसका कारण उपभोक्ता मात्रै होइन, हामी पनि मारमा परेका छौं। खाने तेलमा २० देखि ६० रूपैयाँसम्म मूल्य बढेकाे छ,’ अधिकारी भन्छिन्।
यो मूल्यवृद्धिलाई स्वाभाविक मान्न नसकिने उनकोभनाइ छ। भन्छिन्, ‘ठूला व्यापारीले हामीलाई नै ठगेका छन्। पहिलाभन्दा धेरै महंगाे मूल्यमा खरिद गर्नुपर्छ तर सरकारले मूल्य बढेको छैन भन्छ।’
त्यस्तै लामो समयदेखि खाद्यान्न पलस चलाउँदै आएका अर्जुन चौंलागाईं पनि खाने तेलको मूल्य बढेको बताउँछन्। तर, उनलाई प्रष्ट रूपमा थाहा छैन, तेलकोभाउ किन बढ्यो भन्ने। तर, युक्रेन– रूस युद्धकाे कारण तेलकाे भाउ बढेका हुनसक्ने उनकाे अनुमान छ। उनी पनि त्यही बुझेर नै सामान खरिद बिक्री गरिरहेका छन्।
‘नेपालमा तेलहनको कच्चा सामान युक्रेनलगायतका देशबाट आयात हुन्छ। ती देश अहिले संकटमा छन्, त्यसैले मूल्य बढेको हो। यसलाई अस्वभाविक मान्नु हुँदैन,’ उनले भने।
तर, उनले भनेजस्तो रूस–युक्रेन संकटका कारण खाने तेलको मूल्य नबढेको सरकारकाे दाबी छ।
‘नेपालको बजार हल्लैहल्लामा चल्ने हुँदा समस्या देखिएको हामीले पनि महसुस गरेका छौं। तर युक्रेनलाई बहाना बनाएर मूल्य बढाउने अवस्था भने अहिले छैन,’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता हरि पंगेनी भन्छन्, ‘युक्रेनबाट कच्चा पदार्थ आउने हो। तर, त्यहाँबाट नेपालमा सामान आउन करिब १ महिना लाग्छ। त्यसैले महंगिएको सामान अझै नेपाल आउने बेला भएको छैन।’
यसरी व्यापारीले सरकारलाई र सरकारले व्यापारीलाई दोष लगाएर बस्दा सर्वसाधारण भने ठूलो संकटमा परेका छन्। कालोबजारी गर्नेलाई कारबाही गर्ने निकाय भने नभएका हाेइनन् तर ती निकाय नै कानमा तेल हालेर बस्दा अहिले समस्या निम्तिएको हो।
त्यसो त, ती सरकारी निकायले बेलाबेलामा बजार अनुगमन पनि गर्दै आएका छन्। तर, ती निकायको काम कारबाही देख्दा विरक्त लाग्ने खालको छ। लाखौंको संख्यामा पसल व्यवसाय भएको काठमाडौंमा दैनिक १० वटा पसलमा पनि अनुगमन हुँदैन।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले महंगो मूल्यमा सामान बेचेको पाइएमा उजुरी गर्न नागरिकलाई आव्हान पनि गरेकै छ। महंगी थप बढ्ने त्रासले आवश्यकताभन्दा बढी सामान थुपार्न थालेका छन्। जसका कारण बजारको व्यापार चेन बिग्रिँदा व्यापारीले थप ठग्ने असवर पाउने विभाग बताउँछ।
परनिर्भरताले मूल्यवृद्धि
नेपालमा अधिकांश सामानहरू उत्पादन हुँदैनन्। त्यसकारण धेरैजसो सामानमा विदेशीकाे भर पर्नुपर्छ। विदेशी सामान आयात उनीहरूकै नियममा हुन्छ। त्यसैले मापदण्डविपरीत मूल्य बढे पनि सामान किन्नुपर्ने बाध्यता छ। त्यसकारण पनि नेपाली बजार प्रभावित हुन्छ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सात महिनामा ३९ अर्ब ६६ करोड ५९ लाख ५६ हजारको तेल आयात भएको छ। जसमा सबैभन्दा बढी अर्जेन्टिनाबाट आयात हुने गरेको छ। अर्जेन्टिनाबाट २७ अर्ब ४४ करोड ८० लाख ८ हजार आयात भएको पाइन्छ। त्यसैगरी ब्राजिलबाट ६ अर्बभन्दा बढी, पाराग्वेबाट अर्ब ५ अर्ब, युक्रेनबाट ७९ करोड मूल्यको तेल आयात भएको छ।
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया