प्रेमबहादुर बोहराको 'कोग्ले' पुस्तक सार्वजनिक

डाेल्पाका प्रेमबहादुर बाेहाेराकाे पुस्तक 'कोग्ले' सार्वजनिक भएको छ। 

समुन्तत कर्णाली अभियानका अभियन्ता तथा राजनीतिमा सक्रिय रहेका प्रेमबहादुर बोहराको पहिलो संस्मरणात्मक कृति 'कोग्ले' सार्वजनिक भएको हो। 

शुक्रबार प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बाेहाेरासहित लेखक राधा पौडेल, राजनीतिविज्ञ प्रशान्त सिंह, कवि प्रणिका कोयूलगायतले संयुक्त रुपमा उक्त कृति विमोचन गरेका हुन्। 

कृतिमा लेखकले बाल्यकालका रमाइला किस्साहरु, अध्ययनको संघर्ष, सहरबाट हेर्दा कर्णालीको चित्र तथा उनको अन्तरमनले अर्थ्याएको कर्णालीको रुप चित्रण भएका छन्। लेखकले पुस्तक जन्मभूमिमा भोगेका भोगाइहरु संकलित गर्दै जनमासमा पुऱ्याउन पुस्तक लेख्नुपर्छ भनी देखेको सपनाको दस्तावेज रहेकाे बताइन्। 

'म जन्मिदै विशेष बनाई सामान्य कुरा पाउन पनि ठूलो भोगाई, कष्टको स्थिति सिर्जना गरिदिने नेपाल राज्यलाई दु:ख व्यक्त गरुँ या खुसी, म यसमा अन्यौल नै छु,' पुस्तक लेख्नका लागि आएका गाउँका पीडा, पात्रहरुलाई धन्यवाद दिँदै उनले भनिन्। 

कृतिबारे बोल्दै लेखक पौडेलले राज्यले कर्णालीलाई गरेको विभेद, अपहेलना र राजनीतिक दस्तावेजका रुपमा यस पुस्तक रहने दाबी गरिन्। 'गरिबका कुरा गरेर, पीडा सुनाएर विकासे कुरा गर्ने आम मानिस तथा संस्थाको लागि यो पुस्तक गतिलो थप्पड हो,' उनले भनिन्।

यसमा कर्णालीप्रतिको सिंगो हेपाइ तथा आम कर्णालीबासीको भोगाइ रहेकाले मानवशास्त्र तथा समाजशास्त्रका विद्यार्थीहरुलाई हाम्रो विश्वविद्यालयले पाठ्यक्रममा राखेर यस पुस्तक अनिवार्य रुपमा पढाउनैपर्ने उनले बताइन्।

पुस्तकका रुपमा जति पनि आफ्ना भोगाइहरु आउन परिस्थिति बनाउने सबै पात्र तथा राज्यलाई उनले विशेष धन्यवाद दिएकी थिइन्। 

प्रकाशित मिति: : 2021-02-13 19:21:00

प्रतिकृया दिनुहोस्