सन् २०२० मा रिलिज सुपर हिट सिनेमा ‘साइट्लेस’ कि नायिका मेड्लेन पेचले ब्यस्त समयमा आफूलाई कुनै प्रकारको चिन्ता नलाग्ने बताएकी छिन्।
कस्मोपोलोटिन म्यागजिनसँग कुरा गर्दै नायिका पेचले भनिन्, ‘अरु मान्छेले भनेको जस्तो काम नगरेर आराम गर्ने तरिका मलाई मन पर्दैन, मेरो बिचारमा जति बढि काम त्यति नै आराम हो।’ जति बढी ब्यस्त भयो त्यति नै चिन्ता कम हुने उनको भनाई छ।
नायिका पेच भन्छिन् ‘मेरो थेरापिस्टले पनि सधै काममै ब्यस्त रहने सल्लाह दिएका छन्।’ १८ अगस्ट १९९४ को दिन वासिङटनमा जन्मेकी नायिका पेचसँग अमेरिका र दक्षिण अफ्रिकाको दोहरो नागरिकता छ।
पाँच फिट छ इन्च अग्ली पेचद्वारा अभिनित केहि हिट सिनेमाहरुमा पोलोराइड, इन्स्टेट मम, द हाइभ आदि छन्। एक पटक अश्लिल सिनेमा ९ब्लु मुभी० मा अभिनय गरेर आलोचना बेहोर्न परेको स्मरण गर्दै नायिका पेचले भनेकी थिइन, ‘अब म यस्तो सिनेमा मा काम गर्दिन।’