सडकले चिनेका संघर्ष

नेपाल लाइभ

काठमाडाै‌ं

अन्योल र अनिश्चयतर्फ अघि बढेको देशको अवस्था नै अहिले यस्तो छ कि कोही पनि सन्तोषले बस्न चाहेर पनि बस्न सक्ने अवस्था छैन। देश, काल, परिस्थिति बुझेकाहरू झन् योबिघ्न सकसमा सन्तोष मानेर बस्न सक्ने कुरै भएन। हो, संसारको गतिसँग आफ्नो देश, काल परिस्थितिलाई तुलना गर्नेहरू 'चैन'ले सुत्न सक्ने अवस्था छैन। 

जता हेर्‍यो त्यतै अव्यवस्था, असमानता, असन्तुलन, अपराध र अत्याचार देखिने नेपाली समाजमा सन्तोष दाहाल आफ्नो नाममा समेत ‘सन्तोष’ मानेर बस्न सकेनन्।

आफ्नो स्वभाव र बन्दै गरेको छविअनुसार नामको तालमेल मिलेको महसुस गर्न नसकेपछि उनी सन्तोषबाट ‘संघर्ष’ भए। संघर्ष शब्द मात्रै होइन, कर्मका लागि पनि उनलाई प्रिय लाग्छ। संघर्ष शब्दले प्रवृत्ति बोक्ने भएकाले यसलाई अंगालेको ८ वर्ष भयो। निरन्तर संघर्षमा रहेका उनको नाम पनि संघर्ष, अहिले काम पनि संघर्ष बनेको छ। 

प्रकाशित मिति: : 2021-02-14 08:47:00

प्रतिकृया दिनुहोस्