प्रसौनीमा शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलाप

बाराको प्रसौनीमा शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलापमा जोड दिइएको छ। प्रसौनी गाउँपालिका वडा नम्वर ४ खुटवाजब्दीमा माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको छ।

जनजागरण युवा क्लबले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिताको गाउँपालिका अध्यक्ष भोला गुप्ता, उपाध्यक्ष गिता साह र वडाध्यक्षको आन्नद कुमार गुप्ताको संयुक्त रुपमा उद्घाटन गरिएको थियो।

उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले गाउँपालिकाको चौतर्फी विकासको लागि जे गर्नुपर्छ आफू त्यो गर्न पछि नहट्ने बताए। ‘राजनीतिक प्रतिशोध साँध्नेले मेरो खुट्टा तानिरहोस् तर आफू आफनो गाउँको मुहार जसरी पनि फेर्ने प्रतिवद्धता गर्छु’, उनले भने।

हाजिरीजवाफ, दौड, निबन्ध, नृत्य कलालगायतको अतिरिक्त क्रियाकलाप हप्तामा एक दिन गराउन गाउँपालिका अन्तर्गत रहेको हरेका विद्यालयलाई तयारी अवस्थामा बस्न निर्देशन समेत दिएका छन्।

गाँउपालिका अन्तर्गत नेरामावि खुटवाजब्दी, नेरामावि बेङ्गा साह, श्री उच्च मावि बेलहिया ६, र नेरामावि प्रष्टोका ५ र जनता मावि बन्जरीया गरी ५ वटा विद्यालयले हाजरिजवाफ प्रतियोगितामा भाग लिएका थिए।

प्रतियोगितामा प्रथम, दोश्रो, तृतीय र चौथोको लागि प्रमाण पत्र र शिल्डको व्यवस्था गरिएको आयोजक संस्थाको अध्यक्ष श्याम किशोर पण्डितले जानकारी गराएका छन्।

विद्यार्थीको स्तरोन्नतिको विकासको लागि विद्यालयमा अतिरिक्त क्रियाकलाप समावेश गरिने हिसाबले हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्न लगाईएको वडाध्यक्ष गुप्ता बताउँछन्।

कोरोना कहरमा हरेक क्षेत्र पछाडी परेकोले देशको कर्णधार भनेको विद्यार्थीहरु भएकोले विद्यार्थीको मनोवैज्ञानिक हिसाबले विकासको लागि खेलकुद, अतिरिक्त क्रियाकलापको समावेश गरी लैजाने सोच बनाएको वडाध्यक्ष बताउँछन्।

प्रतियोगिताको प्रथम नेरामावि खुटवाजब्दी, दोश्रो नेरामावि बेङ्गा साह तृतिय नेरामावि प्रष्टोका र चौथो श्री उच्च मावि बेलहिया विधालय भएको थियो। विजयी टिमहरुलाई वडाध्यक्षले शिल्ड वितरण गरेका थिए।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भोला गुप्ता, उपाध्यक्ष गिता साह, वडाध्यक्ष आन्नद कुमार गुप्ता, राजपका एकाई समिति सभापति मदन बहादुर क्षेत्री, बृजकिशोर साह, जनता जागरण क्लबका अध्यक्ष श्याम किशोर पण्डित, उपाध्यक्ष शैदा खातुन, सचिव महमद दिलशाद असारी, सहसचिव सुरेन्द्र कुमार महतो, कोषाध्यक्ष चन्द्रकान्ता कुमारी, सदस्यहरु सुशिला कुमारी, राधा कुमारी प्रजापति, हरिओम कुमार प्रजापति, जितेन्द्र महतो कहार, अब्दुल कैश असारी, विक्रम ठाकुर हजामलगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2021-02-14 13:40:00

प्रतिकृया दिनुहोस्