हलिउड का प्रसिद्ध नायिका इभा ग्रीन र जोय ग्रीन कि मामा कि छोरी फ्रान्सेली अभिनेत्री नायिका जोसफिन जोबर्टले आफूलाई जेम्स बोण्ड सिरिजको सिनेमामा अभिनय गर्ने इच्छा भएको बताएकी छिन्।
सन् २००६ मा प्रदर्शित जेम्स बोण्ड सिरिजको सिनेमा ‘क्यासिनो रोयल’ मा जेम्स बोण्ड (डेनियल क्रेग) को प्रेमिका (वेस्पर लिन्ड) को चरित्रमा अभिनय गर्ने नायिका इभा ग्रीन र जोबर्टको बीच सुमधुर सम्बन्ध छ। हेल्लो म्यागजिनसँग कुरा गर्दै नायिका जोबर्टले भनिन् ‘मलाई मेरो दिदीहरु अर्थात नायिका ग्रीन दिदी बहिनीले माया गर्नुहुन्छ र मलाई सहयोग गर्ने बचन पनि दिनुभएको छ।’
आफू छिट्टै अमेरिका आउने र जेम्स बोण्ड सिरिजको सिनेमाका कस्टिङ्ग डाइरेक्टरसँग कुराकानी गर्ने बताउँदै नायिका जोबर्ट भन्छिन्, ‘भाग्यले साथ दियो भने म जेम्स बोण्डको नयाँ सिनेमाको नायिका बन्ने छु।’ २४ अप्रिल १९८५ को दिन पेरिस, फ्रान्समा जन्मेकी नायिका जोबर्टका पिता चार्ल्स जोबर्ट फ्रान्सका प्रसिद्ध सिनेमा निर्देशक हुन्।