बैतडी आक्रमण: ओली सरकारको उन्माद र हतास मन:स्थितिको उपज हो- गगन थापा

बिएल संवाददाता

काठमाडाै‌ं
Photo - Gagan Thapa Facebook
Photo - Gagan Thapa Facebook

नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले बैतडीमा नेपाली कांग्रेसको सभा चलिहरेको बेला ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज भएको बताएका छन्। 

बुधबार सामजिक सञ्जाल फेसबुकमार्फत नेता थापाले सभामा ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय भएको बताएका छन्। 

हिंसा कायरहरुको हतियार हो भन्दै नेता थापाले भने–‘वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अब धेरै टाढा छैन।’

मंगलबार बैतडीको डिलासैनीमा केन्द्रीय सदस्य एनपी साउद र डिला संग्रौला, नेविसंघका पूर्वसभापति नैनसिंह महरलगायतका नेता सहभागी कार्यक्रममा ओली पक्षका कार्यकर्ताले नियोजित ढुंगामुढा प्रहार गरेको कांग्रेसको आरोप छ। 

प्रहरीका अनुसार दुवै पक्षको असमझदारीको कारण विवाद भएको हो। सोही क्रममा केही सवारी साधनमाथि तोडफोड समेत भएको थियो। 

No description available.

प्रकाशित मिति: : 2021-02-17 10:00:00

प्रतिकृया दिनुहोस्