आइफाेन पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

सामाजिक संजालमार्फत ठगी गरेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ।

पर्वत टकलाक ४ घर भई हाल काठमाडाैं टोखा नगरपालिका ११ स्थित भण्डारी टोल बस्ने हरीप्रसाद बस्याललाई पक्राउ गरेकाे हाे। 

प्रहरीका अनुसार यु.के.मा बसोबास गर्ने डाक्टर माईकल अलवर्ट भन्ने व्यक्तिले आइफाेन पठाइदिने प्रलोभन देखाएर दश लाख सत्तरी हजार रुपैयाँ ठगी गरेका थिए।

जसमध्ये नेपाली रकम रू.  पाँचलाख बीस हजार रुपैयाँ  गंगबु बसपार्कस्थित कालीगण्डकी गेष्टहाउसमा भेटेर बस्यालले बुझेका थिए। 

तर पीडितलाई पुन: पटक-पटक रकम पठाउन भन्दै फोन आएपश्चात आफु ठगिएको थाहा पाएर कानूनी कारवाहीको लागि महानगरिय प्रहरी वृत्त महाराजगंजमा उजुरी दिएका थिए।

उनीविरुद्ध थप छानविन भइरहेकाे प्रहरीले जनाएकाे छ। 

 


 

प्रकाशित मिति: : 2021-02-17 17:34:00

प्रतिकृया दिनुहोस्

    हाल सबैभन्दा नयाँ आइफ़ोन किन्दा पनि एक हजार ६ सय डलर पर्छ भने दश लाख बुझाउने कस्तो बुद्दिहिन हो? होइन नेपाली हरुको दिमाग नै छैन?

    • 3 बर्ष अगाडि
    • Navin Rayamajhi