बंगलादेशबाट मलको पहिलो लट आज नेपालका लागि छुट्ने, सबै मल आइपुग्न असार नै कुर्नुपर्ने

लोकान्तर

काठमाडाै‌ं
अजय अनुरागी

बंगलादेशबाट खरिद गरिएको रासायनिक मल (युरिया)को पहिलो लट आज नेपालका लागि प्रस्थान गर्ने भएको छ । ३ सय ४४ अमेरिकन डलर प्रतिमेट्रिक टनका दरमा नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मलको पहिलो लट बंगलादेशको चटगाउँस्थित समुद्री बन्दरगाहबाट नेपालतर्फ पठाइन लागेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि व्यवस्थापन तथा प्रविधि विस्तार शाखाका उपसचिव डा. गंगादत्त आचार्यका अनुसार पहिलो लटअन्तर्गत २० हजार मेट्रिक टन युरिया मल चटगाउँबाट भारतको कोलकत्तास्थित समुद्री बन्दरगाहका लागि प्रस्थान गर्नेछ । '

गत पुसको दोस्रो साता नै त्यहाँबाट मूभ भई माघसम्ममा नेपाल आइसक्नुपर्ने मल बल्ल प्रक्रियागत तरिकाले नेपालका लागि त्यहाँबाट पठाइन लागेको हो ।

पहिलो लटमा आउन लागेको मलमा बंगलादेशकै कम्पनीको प्याकेज(ब्याग)मा लेभलिङ गरिएको छ भने दोस्रो लटअन्तर्गत आउने ३० हजार मेट्रिक टन मलका लागि भने नेपालकै ब्याग(प्याकेज)मा लेभलिङ गरिएको आचार्यले लोकान्तरसँग बताए।

प्रकाशित मिति: : 2021-02-18 12:15:00

प्रतिकृया दिनुहोस्