अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे लागि ललितपुर महानगरपालिकाले  दियो २० लाख

ललितपुर महानगरपालिकाले धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई रु २० लाख आर्थिक सहयोग गरेको छ। जुन रंगशाला चितवन जिल्लामा निर्माणाधीन अवस्थामा छ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले धुर्मुस– सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई २० लाख बराबरको चेक हस्तान्तरण गरेका हुन्।

सरकारले गर्नुपर्ने कामको जिम्मा फाउण्डेशनले लिएर गरेकामा धुर्मुस–सुन्तलीको प्रशंसा गर्दै महर्जनले सो रङ्गशालाले नेपाललाई अन्तरराष्ट्रियस्तरको ख्याति प्रदान गर्ने विश्वास व्यक्तसमेत गरे ।

फाउण्डेशनका अध्यक्ष कट्टेलले रङ्गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भइसकेको बताएका थिए । आउँदो १४ महिनामा रङ्गशाला निर्माणको काम पूर्ण रुपमा सम्पन्न गर्ने विश्वास लिएको कट्टेलले जानकारी दिए।

सो रङ्गशालामा २२ विधाका खेल खेल्न सकिनेछ ।

प्रकाशित मिति: : 2021-02-20 06:01:00

प्रतिकृया दिनुहोस्