चलचित्र पत्रकार श्यामहरि शिवभक्तिले चर्चित हास्य टेलिशृङ्खला ‘सक्किगोनी’ मा अभिनय गरेका छन्। हिमालय टेलिभिजनबाट बिहीबार राति ८ बजे साप्ताहिक रुपमा प्रसारणमा आउने हास्य टेलिशृङ्खलामा उनी एक व्यापारीको भूमिकामा देखिएका हुन्।
यो टेलिफिल्मलाई अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ ले लेखन तथा निर्देशन गर्छन्।
चर्चित टेलिशृङ्खलामा कलाकारको रुपमा जोडिन पाउदा खुसी लागेको पत्रकार शिवभक्तिले बताए।
चलचित्र पत्रकारितामा सक्रिय श्यामहरिले विभिन्न नेता देखि कलाकार सम्मको क्यारिकेचर समेत गर्छन्।
सुटिङ गर्दाको अनुभव बताउँदै उनले भने, ‘दैनिक जसो अन्तर्वार्ता गर्दा क्यामरा अगाडि बोल्ने भएपनि सिरियलमा अभिनय गर्दा केही फरक हुदो रहेछ।
डायलग डेलिभरी, हाउभाउ, अभिनय अनि रियाक्सन यी सबै कुरा ख्याल गर्नु पर्दारहेछ। कुमारजी र अर्जुनजीले को–अपरेट गर्नुभयो। मैले उहाँहरुको निर्देशन अनुसार खुलेर अभिनय गर्ने कोसिस गरेको छु।’
पाँडेसँगको सिनमा देखिएका श्यामहरिले सीसी क्यामरा जोडेमा आफू बाहिर रहदा पनि घरको गतिविधी मोबाईलबाट हेर्न मिल्ने सल्लाह दिन्छन्। तर पाँडेले सीसी र क्यामरा छुट्टै जोडेर मोबाईलमा हेर्छन्। त्यसपछि सीसी क्यामरा जोड्न सल्लाह दिने श्यामहरिले पाँडेको एकलात सिरियलमा भेट्छन्। अरुको श्रीमतीलाई आखा लगाउने समाजका पुरुष प्रवृत्ति माथि यो साताको कथा समेटिएको छ।
जिग्री, पाँडे, बले, मुन्नी, कक्रोज लगायतका पात्र ‘सक्किगोनी’मा निकै चर्चित छन्। सेलिब्रेटीसँग खरो अन्तर्वार्ता गर्ने पत्रकार श्यामहरि शिवभक्ति युट्युव च्यानल ‘फिल्मीकुरा’ सञ्चालन गर्छन्।