अब प्रचण्डको नियति असफलता बाहेक केहि छैन: प्रधानमन्त्री ओली

File Photo
File Photo

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई गलत बाटो छोडेर आफूमा समाहित हुन पुनः आव्हान गरेका छन्। विराटनगरमा शनिबार आयोजित जनसभामा बोल्दै ओलीले जनताको सागरमा सामेल हुन मन भए फर्किन आग्रह गरेका हुन्।

‘२/४ सिटमा सिमित हुने गरी सिद्धिसकेका प्रचण्डलाई मैले ल्याएर एउटा जुरो हालिदिएको थिएँ, ठूलो जुरो भएपछि, अलिकति सिंङ पनि हाल्दिएको थिएँ, लामा सिंङ भएपछि उहाँमा अहंकार बढ्यो, उहाँले हामीलाई नै सिध्याउँछौं भनेर हिँड्नुभयो, अब उहाँको नियति असफलता बाहेक केही छैन,’ ओलीले भने, ‘उहाँ फर्किने बाटोमा हिँड्नु भएको होइन, उहाँ खिइँदै, खिइँदै हिँड्ने बाटोमा हिँड्नु भएको हो। अब उहाँको हविगत असफलता नै हो।’

हाम्रा अग्रजहरुले बेद र पुराणहरु रचना गरे'

प्रधानमन्त्री केपी शर्मा ओलीले चालसम्बन्धी नियम पत्ता लगाउने व्यक्ति न्यूटन नभएको दाबी गरेका छन्। ओलीले नेपालका विभिन्न पौराणिक इतिहास र बौद्धिक व्यक्तित्वको चर्चा गर्नेक्रममा यस्तो दाबी गरेका हुन्।

‘न्यूटनले भनेको ग्राभिटेसनको सिद्धान्त गणिताचार्य भाष्कराचार्य नाम गरेका गणितज्ञाले यसै भू-भागमा पत्ता लगाएका थिए। न्यूटनले भन्दा ५ सय वर्ष अगाडी भाष्काराचार्यले गुरुत्वाकर्षणसम्बन्धी सिद्धान्त पत्ता लगाएका थिए। हाम्रा कोर्ष बुकहरू सच्याइनुपर्छ अब। न्यूटनले गुरुत्वाकर्षण सम्बन्धी नियम पत्ता लगाएका होइनन्,’ ओलीले भने, ‘हाम्रा पूर्वजहरु विद्धान र अनुसन्धाता थिए। दुनियाँ विश्व अन्धकारमय भएको बेला हाम्रा अग्रजहरुले बेद र पुराणहरु रचना गरेका थिए।’

ओलीले नेपालकै भूमिमा सभ्यताको पहिलो शंखघोष शिव सभ्यताबाट भएको, विचार र दर्शनको सभ्यता शैभ्य दर्शनको रुपमा यही भूमिबाट सुरु भएको, शांख्य दर्शनको रुपमा कपिलमुनी जस्ता दार्शनिकहरु, योगका प्रणेता शिव र कपिलमुनी जस्ता विद्धानहरु, अर्घखाँचीमा जन्मिएर हुर्किएरका अष्टांङ योगको विकास गर्ने पतञ्जलीहरु, आयुर्वेद नेपालमै सुरु भएको पनि दाबी गरे।

प्रधानमन्त्री ओलीले तारा, ग्रह नक्षेत्रहरुको अध्ययन गर्ने हजार वर्षपछिसम्मको भविष्यवाणि गर्ने खगोलशास्त्र सम्बन्धी विभिन्न तथ्य उहिल्यै हाम्रा पूर्वजले पत्ता लगाएको दाबी पनि गरे।

'प्रचण्ड बैद्य र डाक्टर छाेडेर झाँक्रीतर्फ लाग्नु भो'

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको आफूलाई दया लाग्ने गरेको बताएका छन्। प्रधानमन्त्री ओलीले भने–‘उहाँले (मोहन) बैद्यलाई छोड्नु भयो। डा. (बाबुराम भट्टराई) लाई छोड्नु भयो। अहिले (रामकुमारी) झाँक्रीतर्फ लाग्नु भएको छ।’

उनले प्रचण्ड गलत बाटाेमा लागेकाे बताए। प्रचण्डको राजनीतिक जीवन समाप्त हुन लागिसकेको अवस्थामा आफूले उद्धा्र गरेको सुनाए।

प्रधानमन्त्रीले आफ्नो अभियानमा फर्किन प्रचण्डलाई आग्रह गरे। तर, उनले प्रचण्ड गलत बाटाेमा लागिसकेको हुनाले ’पहाडबाट झर्न लागेको गाेरुलाई राम रामभन्न सकिने तर काँध थाम्न नसकिने’ बताए। 

 

प्रकाशित मिति: : 2021-02-20 17:05:00

प्रतिकृया दिनुहोस्