यतिबेला अभिनेता अमिताभ बच्चन अजय देवगनले निर्माण गरिरहेको थ्रिलर ड्रामा फिल्ममा जोडिएका छन्।
कोरोना संक्रमणको सिकार भएका अमिताभले फेरि कोभिड नदोहोरियोस् भनेर पूर्ण सावधानी अपनाउदै अजय देवगनको फिल्म ‘मे डे’मा जोडिएका हुन्।
यो फिल्मको निर्देशन अजय देवगनले नै गरिरहेका छन्। यो फिल्मको गत डिसेम्बरमै हैदराबादमा केही प्रतिशत छायांकन गरिएको थियो । बाँकी छायांकन मुम्बईबाट सुरु गरिएको छ।