मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

Photo : omag
Photo : omag

मानव बेचबिखन कार्यमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

महिलाहरुलाई श्रीलंका पुर्याएर अलपत्र पारेको आरोपमा मोरङ जिल्ला कटहरी गाउंपालिका वडा नं ४ घर भएका ३५ बर्षिया राम चौधरीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो। चौधरीलाई चावहिल स्थीत उनकै डेराबाट लुकेर बसिरहेको अवस्थामा प्रकाउ गरिएको थियो।

चौधरीले १२ जना महिलाहरुलाई वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर श्रीलंका पुर्याएर अलपत्र पारेका थिए।

दुबई लग्ने भन्दै उनले सुरुमा महिलाहरुलाई भारतको सिलगुढी लगेर सविन शाह भन्नेको डेरामा १७ दिन राखेका थिए। त्यसपश्चात उनले महिलाहरुलाई श्रीलंका पुर्याएर अलिआक्स भन्ने मानिसको अपार्टमेन्टमा २ महिना बन्धक बनाएर राखेका थिए।

अलपत्र पारिएका महिलाहरुले आफुहरुलाई नेपाल फर्काउन र नमाने पुलिसलाई खबर गर्ने धम्की दिएपछि मात्रै राहदानी पाएका थिए।  

ती महिलाहरुले नेपाल फर्किएर प्रहरीलाई दिएको उजुरीको आधारमा चौधरीलाई प्रकाउ गरिएको हो। चौधरीमाथी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2021-02-23 18:35:00

प्रतिकृया दिनुहोस्