प्रतिनिधिसभा पुनःस्थापना भएपछि के भन्छन् कलाकारहरु ?

Photo : deepakraj facebook
Photo : deepakraj facebook

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते पछि गरेका सबै निर्णयहरु खारेज भएका छन्। 

हिजो देखि सामाजिक सञ्जालमा सर्वोच्चको निर्णयलाई लिएर धेरैले टिकाटिप्पणी गरिरहेको छन्। कतिपयले सर्वोच्चको निर्णयलाई स्वागत योग्य ठहराएका छन् भने कतिपयले देशमा झन ठुलो राजनीतिक दुर्घटना हुन सक्ने अनुमान गरेका छन्। 

सर्वोच्चको निर्णयलाई लिएर विभिन्न कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिएका छन्। 

अभिनेता दीपकराज गिरीले फेसबुक मार्फत सर्वोच्चको निर्णयले राजनितीक दलहरुको मात्र जित र हार भएको बताएका छन्।

उनले लेखेका छन्, 'सर्वोच्चको फैसला: यो जीत कस्को? यो हार कस्को? यसरी सोच्ने बुद्धि कसैमा पनि नआओस, नत्र दल र नेताहरूले त जित्लान ,देशले हार्नेछ।'

त्यस्तै मनोज गजुरेलले जनताहरुको अभिमतलाई सांसद तथा नेताहरुले सधैँ किनबेचनै गरिरहने भन्दै ब्यङ्ग गरेका छन्। उनले फेसबुक मार्फत लेखेका छन्,'अभिमतलाई खरिद बिक्री गर्न ईच्छुक माननीय सांसद तथा नेताहरुलाई ‘पावर ब्रोकर एसोसियसन, नेपाल’ मौकाको फाईदा उठाउन हार्दिक आह्वान गर्दछ।'

प्रकाशित मिति: : 2021-02-24 12:52:00

प्रतिकृया दिनुहोस्