नेकपा प्रचण्ड पक्षले आफ्ना सांसदहरुलाई उपत्यका नछोड्न निर्देशन दियो 

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्वीर
फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पक्षले आफ्ना सांसदहरुलाई अत्यावश्यक काम बाहेक उपत्यका छोडर बाहिर नजान निर्देशन दिएको छ।

बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा बरिष्ठ नेता माधवकुमार नेपालले सांसदहरुलाई सो निर्देशन दिएका हुन्।

अध्यक्ष प्रचण्डले प्रतिगामी र प्रतिक्रान्तिकारी विरुद्धको लडाई जारी रहेकोले सांसदहरुलाई सचेत रहन समेत आग्रह गरेको छन्। 
बैठकले लोकतान्त्रिक गणतन्त्रको पक्षधरहरु एक भएर अगाडि बढ्नु पर्ने निष्कर्ष निकालेको छ।

प्रकाशित मिति: : 2021-02-24 20:31:00

प्रतिकृया दिनुहोस्