अभिनेता पल साहविरूद्ध प्रहरीमा उजुरी परेको छ।
आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी अरुण प्रधानले साहविरूद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन्।
म्युजिक भिडियो सुटिङका क्रममा धरान आएका पलले आफूमाथि आक्रमण गरेको प्रधानले उजुरीमा जानकारी दिएको इलाका प्रहरी कार्यलय धरानले बताएको छ।
प्रधानले दिएको उजुरीबारे छलफलका लागि पललाई शुक्रबार बोलाइएको इलाका प्रहरी कार्यलयले बताएको छ।
धरानको एक होटेलमा कार्यक्रमको विषयमा कुराकानी हुँदै गर्दा पलले आफूमाथि दुर्व्यवहार गरेको प्रधानको भनाइ छ।