विप्लव समुहका मुस्ताङ इन्चार्ज पक्राउ 

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समुहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर)लाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई म्याग्दीको मालिका गाउँपालिका–२ बाट इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो।उनलाई बिहीवार साँझ नै जिल्ला प्रहरी कार्यलय बेनी लगिएको प्रहरीले जनाएको छ। 

उनी एनसेलको टावर आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ।
 

प्रकाशित मिति: : 2021-02-26 08:45:00

प्रतिकृया दिनुहोस्