कांग्रेस नेता जोशीको शल्यक्रिया सकियो, ४ दिन अस्पतालमा राख्नुपर्ने

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम् पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि उनको शल्यक्रिया गरिएको छ।

शल्यक्रिया सकिएपछि उनलाई अहिले आईसीयूमा राखिएको छ। जोशीलाई ४ दिन अस्पतालमा नै राख्नुपर्ने बिशेषज्ञ चिकित्सकहरुले बताएका छन्।

गए राति स्वास्थ्यमा समस्या आई अप्ठ्यारो महसुस भएपछि उनलाई राति नै वीर अस्पताल लगिएको र पछि थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो।

पछिल्लो समय नेकपाली काँग्रेस केन्द्रले खटाएको कार्यक्रममा नो जोशी ब्यस्त भएको कार्यकर्ताहरुले बताएका छन् ।
 

प्रकाशित मिति: : 2021-02-26 13:14:00

प्रतिकृया दिनुहोस्