राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ चाहिन्छः कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डो¥याउन जनताको साथ हुनुपर्ने बताएका छन्। 

राजधानीमा आयोजित चिकित्सक एवं सञ्चारकर्मीको सम्मान र ‘स्वास्थ्य दर्पण विशेष–४’ विमोचन समारोहलाई सम्बोधन गदै्र उनले आर्थिक परिवर्तन नभई राजनीतिक परिवर्तनले स्थिरता नपाउने बताए।

“स्थिरता र समृद्धिको जति भाषण गरे पनि तीन वर्षमा उल्लेख्य काम हुन सकेन, यो बीचमा ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा नेपाल बढी भ्रष्टाचार हुने देशमा सुचीकृत भयो”, पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने।
 

पुर्व सांसद रामहरि खतिवडाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर संविधानको बाटोमा हिँडाएपछि ढिलो छिटो जनमतमै जानुपर्ने बताएका थिए।। रासस

प्रकाशित मिति: : 2021-02-27 18:17:00

प्रतिकृया दिनुहोस्