कसरी चर्चामा आईन् काजल? (तस्वीरसहित)

Photo : Kajal Twitter
Photo : Kajal Twitter

सन १९८५ जुन १९ मा जन्मिएकी काजल अग्रवाल भारतीय चलचित्र क्षेत्रमा नौलो नाम होईन।

मास मिडियामा स्नातक गरेकी काजल गत वर्ष सन् २०२० मा गौतम किचलुसगँ वैवाहिक बन्धनमा बाँधिसकेकी छन्।

सन् २००४ मा 'क्यु हो गया न'बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी काजलको २००९ सम्म खासै चर्चा भएन। तर जब सन् २००९ मा नायक राम चरणसँँग 'मगधिरा'मा देखिईन्, तब उनको प्रशंसक र दर्शकहरु एकाएक बढे। त्यसपछि उनको अभिनय र सुन्दरताको चर्चा हुन थाल्यो।

उनका चलचित्रहरु बक्स अफिसमा ब्लकबस्टर साविता हुन थाले। उनले बलिउड चलचित्र 'सिघंम'मा समेत अजय देवगन सँँगपनि काम गर्ने मौका पाईन्। जसले गर्दा बलिउडमा पनि उनले राम्रो प्रभाव पार्न सफल भईन्। 

हालसम्म उनले तेलुगु, तामिल र बलिउड गरी ३५ भन्दा बढि चलचित्रमा काम गरिसकेकी छन्।

प्रकाशित मिति: : 2021-02-28 05:40:00

प्रतिकृया दिनुहोस्