अवहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च पुगे प्रचण्ड

बिएल संवाददाता

काठमाडाै‌ं
File Photo
File Photo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च अदालत पुगेका छन्।

अदालतको अवहेलना मुद्दामा ‘आफैँ उपस्थित भएर जवाफ दिनू’ भन्ने आदेशपछि सर्वोच्च अदालत पुगेका हुन्।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा अदालतको मानहानी हुने अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो।

सो रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश जारी गरेको थियो। 

प्रकाशित मिति: : 2021-02-28 11:41:00

प्रतिकृया दिनुहोस्