५०० ले घट्यो सुनको मूल्य

बिएल संवाददाता

काठमाडाै‌ं
File photo

आज सुनको मूल्य ५०० ले ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ८८ हजार ३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार छापावाला सुन तोलामा रु ८८ हजार ८०० मा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन तोलामा रु ८७ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार भएको थियो। 

यस्तै चाँदी तोलामा रु १० ले घटेको छ। शुक्रबार तोलामा रु एक हजार ३३५ मा कारोवार भएको चाँदी आज भने रु एक हजार ३२५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

प्रकाशित मिति: : 2021-02-28 11:55:00

प्रतिकृया दिनुहोस्