नक्कली भुटानी शरणार्थी प्रकरण

जिल्ला अदालतमा थुनछेक बहस सुरु, आदेश जेठ ३१ गते आउने

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा परेको मुद्दामाथि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ। जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु भएको हो।

जाहेरीकर्ताको तर्फबाट सरकारी वकिलले बहस सुरु गरेका छन्। सरकारी वकिलहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्ने सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि नेउपानेले जानकारी दिए।

इजलासमा न्यायाधीश न्यौपानेले जाहेरीकर्ताको तर्फबाट बहसका लागि सरकारी वकिललाई तीन दिनको समय प्रदान गरेका छन्। भने, प्रतिवादीको तर्फका वकिललाई ६ दिनको समय तयार गरेका छन्।

थुनछेक बहसका लागि न्यायाधीश न्यौपानेले जेठ ३१ गते आदेश आउनेगरी समय विभाजन गरेका छन्। जसअनुसार मंगलबारसम्म सरकारी वकिलले बहस गर्नेछन् भने त्यसपछि ६ गतेसम्म प्रतिवादीतर्फका वकिलले बहस गर्ने छन्।

थुनछेक बहसको इजलासमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, रामशरण केसी र गोविन्द चौधरी, इन्द्रजित राई, नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, टंक गुरुङ, केशव दुलाल, सागर राई, लक्ष्मी महर्जन र हरिभक्त महर्जन इजलासमा छन्।

उनीहरुलाई काठमाडाैँ प्रहरीले २ महिना लगाएर पक्राउ गरी अनुसन्धान गरेकाे थियाे। उनीहरुविरद्ध ठगी, संगठित ठगी र राज्यविरुद्धकाे अभियाेगमा मुद्दा दर्ता गर्न सरकारी वकिलकाे कार्यालयले सिफारिस गरेकाे छ।

प्रकाशित मिति: : 2023-06-04 12:12:00

प्रतिकृया दिनुहोस्