अभिनेत्री स्वस्तिमाले दक्षिण भारतीय फिल्म खेल्ने पक्का

फोटो फेसबुकबाट
फोटो फेसबुकबाट

अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतिय फिल्म "थिरमाली"  खेल्ने पक्का भएको छ।

स्वस्तिमाले सामाजिक संजाल मार्फत आफुले दक्षिण भारतीय फिल्म खेल्ने सम्झौता भएको बताएकी हुन्।

उनका अनुसार बिहीबार फिल्म निर्माण पक्षसँग फिल्म खेल्ने सम्झौता भएको हो।

दक्षिण भारतीय फिल्म निर्माण कम्पनी ‘एञ्जल मारीया सिनेमाज’ को ब्यानरमा निर्माण हुन लागेको फिल्म नेपाली फिल्म निर्माण कम्पनी 'अनन्या फिल्म्स' ले 'एञ्जल मारीया सिनेमाज' सँग निर्माणमा सहकार्य गर्न लागेको हो।

फिल्ममा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी,धर्मजन बोलगट्टी, हरेश कनारान लगाएको अभिनय रहेन्छ।

नेपालबाट स्वस्तिमासँगै मओत्से गुरुङको अभिनय रहनेछ।

फिल्मको छायांकन आगामी चैतबाट काठमाडौं र भारतमा हुनेछ।
 

प्रकाशित मिति: : 2021-02-28 16:14:00

प्रतिकृया दिनुहोस्