राजभण्डारी नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूतमा नियुक्त

रासस

काठमाडौं
फाइल तस्वीर
फाइल तस्वीर

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राज भण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छन्।

नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन्।



राष्ट्रपतिद्वारा फागुन २३ गतेको लागि संसद् अधिवेशन आह्वान

प्रकाशित मिति: : 2021-03-01 14:16:00

प्रतिकृया दिनुहोस्